जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन सकेन, ३५ दिनभित्र बुझिलिन अनुरोध

युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन सकेन, ३५ दिनभित्र बुझिलिन अनुरोध

युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको रू. ६६ लाख ३८ हजार ९८० बराबरको लाभांश भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले आर्थिक वर्ष ०६९/७० र ०७१/७२ को लागि घोषणा गरेको लाभांश मध्य उक्त रकम बराबरको लाभांश वितरण हुन बाँकी रहेको हो । 

पाँच वर्ष पुरानो लाभांश सम्बन्धीत शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथासिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले भदौ ३० गते सुचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सन्राइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो । 

सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले आर्थिक वर्ष ०६९/७० मा प्रतिकित्ता रू. ७६० र आर्थिक वर्ष ०७१/७२ मा प्रतिकित्ता रू. ९९० का दरले नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्य रू. १८ लाख ९८ हजार ८६० र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य रू. ४७ लाख ४० हजार १२० वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ

7055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका