जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

आजदेखि एनआईसी एशिया बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ । २५ वर्षको अवधिमा यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक् वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले रू. ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष इम्पेरमेण्ट चार्ज २९ प्रतिशत घटेकाले कम्पनीको सञ्चालन नाफा साढे ३३ प्रतिशत बढेकाले खुद नाफामा बृद्धि भएको हो । अघिल्लो वर्ष रू. १ अर्ब २२ करोडभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ८७ करोडभन्दा बढी मात्र रहेको छ । सञ्चालन नाफा भने अघिल्लो वर्ष रू. ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष रू. ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।

हाल रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्तापूँजी रहेको यस बैंकको रिटेन्ट अर्निग रू. ३ अर्ब ८४ करोडभन्दा बढी र जगेडा कोषमा रू. ९ अर्ब ७४ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म बैंकको रिटेन्ट अर्निग १४० दशमलव ४४ प्रतिशत र जगेडा कोष रकम २५ दशमलव ८९ प्रतिशत बढी भएको हो ।

गत वर्ष बैंकले रू. २ खर्ब ८९ अर्ब ९० करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ५२ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो वर्ष निक्षेप संकलन १ प्रतिशत बढी भएको हो भने कर्जा प्रवाह १ दशमलव ४८ प्रतिशत बढेको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म शून्य दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४९ प्रतिशतमा झरेको छ । यो अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ५२ छ । बैंकले गत चौथो त्रैमाससम्म २० दशमलव ३० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका