जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नर्भिक अस्पताललाई सरकारी जमिनमा बनाएका टहरा हटाउन मेयर बालेनको २४ घण्टे अल्टिमेटम

नर्भिक अस्पताललाई सरकारी जमिनमा बनाएका टहरा हटाउन मेयर बालेनको २४ घण्टे अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले चौधरी समूहको नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । अस्पतालले सरकारी जग्गामा बनाएका टहरा हटाउन महानगरले आज एक पत्र नै काटेको हो ।

अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना बाहेकको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानगरले पत्र काटेको हो ।

महानगरका शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेर पत्राचार गरेका हुन् ।

काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाहले सरकारी जग्गामा बनाईएका टहराहरु व्यवस्थित ढंगले हटाईने बताउँदै आएका थिए ।

यस्तो छ सूचनाः

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका