जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कालोसूचिका बारे केन्द्रीय बैंकले छिट्टै नयाँ नीति ल्याउने

कालोसूचिका बारे केन्द्रीय बैंकले छिट्टै नयाँ नीति ल्याउने

नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले कालो सूचिमा पर्ने उद्योगीका बारेमा नयाँ नीति अबलम्बन गर्ने संकेत गरेका छन् । उनले यसबारे अध्ययन भइरहेको बताए । डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन भइरहेको बताए ।

पर्सामा एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरेको बताए । चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा आफ्नो चासो रहेको उनको भनाई छ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको उल्लेख गर्दै उनले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार व्यवसाय फस्टाउँदैन भन्ने कुरा बताए । व्यापार व्यबसायलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी भएको उल्लेख गर्दै उनले व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुने बताए ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका