जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई विवादमा ल्याउने गिरोहको चलखेलः कानुन सम्बत किनेको शेयरलाई विवादमा ल्याउनु कति उचित ?

नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई विवादमा ल्याउने गिरोहको चलखेलः कानुन सम्बत किनेको शेयरलाई विवादमा ल्याउनु कति उचित ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई विवादमा ल्याउन केही सत्ता नजिकका सञ्चारमाध्याम र केही व्यक्तिहरु लागि परेको खुलेको छ ।

२ तिहाईको केपी ओली सरकारले करिब २ वर्ष अगाडी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका भीष्मराज ढुंगानालाई विवादमा ल्याएर आफू जान केही पूर्व प्रशासक र केही माओवादी नजिकका बैंकरहरु लागि परेको खुलेको छ ।

भनिन्छ छोरी विवाह गरेर गएपछि उसको नाता, घर, परिवार र चुलो भान्सा फरक हुन्छ । परिवारसंग माइतीको नाता रहन्छ ।
तिनै छोरीले सर्वोत्तम सिमेन्टको शेयर आफ्नै लगानीमा किने पनि सरकार परिवर्तन संगै छोरीको नाम जोडेर नेपाल धितोपत्र बार्डका अध्यक्ष ढुंगानालाई विवादमा ल्याउन केही सञ्चार माध्याम मार्फत एउटा गिरोह नै लागी परेको खुलेको छ ।

नेप्सेका अध्यक्ष चन्द्र सिंह साउदले आफनै श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएको छ । तर, नेपाल धितोपत्र बोर्डका अध्यक्षले भने आफ्नो स्वार्थ बाझिने गरि सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको देखिदैन ।

विवाह गरेर गएकी छोरीले व्यवसाय गर्न नपाउने कुनै कानुनमा छ हेक्का होस् । एउटा नियमनकारी निकायको प्रमुखलाई विवादमा ल्याउने र आफू जाने काम जसरी एउटा गिरोहले गरेको देखिन्छ । यसको खोजी शुरु भएको छ । सचेत भया ।

6150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका