जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबीआई बैंक न्यूरोड शाखाले ‘विश्व वित्तीय सप्ताह २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार डीएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा स्नातक तह, व्यवस्थापन शंकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाको शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक’को यो तेह्रौँं संस्करण हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।

यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका