जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

अर्थ राजनीति

भदौमा व्याजदर नबढ्ने

भदौमा व्याजदर नबढ्ने

बैंकहरुले भदौमा व्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संघले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशिकाले व्यक्तिगत र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुले फरक हुनपर्ने नियम बनाएको थियो । भदौ देखि लागू हुने नियम अनुसार बैंकहरुले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर बढाउनुपर्ने वा संस्थागतको घटाउनुपर्ने निर्णय लिनुपर्ने थियो ।

बैंकहरुले व्यक्तिगत तर्फ ब्याजदर यथावत राख्ने राष्ट्र बैंकको नियम लागू गर्न संस्थागतको ब्याजदर घटाउने निर्णय भएको छ । नयाँ ब्याजदर अनुसार एकवर्षको मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत हुने छ । बैंकहरुले विगत ५ महिनादेखि व्याजदर बढाएका छैनन् ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?