जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क २६%ले बढ्यो

सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क २६%ले बढ्यो

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ भने अधिकांश सूचकमा प्रगति नै देखिएको छ ।

कम्पनीले यस अवधिसम्ममा ४० करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको यियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८ प्रतितशले कमी हो ।

१ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४६ करोड ९५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनकिो जगेडा कोषको आकार घटेको हो । यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ९५ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ६५ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ८४ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ९१ अर्ब ७५ करोड रुैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

1290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका