जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेगा क्यापिटलको विशेष अफर

मेगा क्यापिटलको विशेष अफर

मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।

उक्त सेवाले नारीहरुको आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने कम्पनीले जनाएको छ । पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको कम्पनीले जनाएको छ ।

उक्त सेवा आइतबार देखी असोज १२ सम्म लागू हुनेछ । यस सेवामा एएमएस पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पीएमएस को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने जनाएको छ ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?