जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित रूपन्देहीबाट एकजना पक्राउ

स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित रूपन्देहीबाट एकजना पक्राउ

रूपन्देही प्रहरीले स्रोत नखुलेको करिब साढे २४ लाख रूपैयाँसहित एकजना युवकलाई पक्राउ गरेको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपलिका-१ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका-८ का २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।

अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले जाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ फेला परेको डीएसपी अर्यालले बताए।

उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका