जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल बैंकद्वारा सि–आस्वा शुल्क दोब्बर लिएर जनता माथी लुटः नेपाल धितोपत्र बोर्ड बेखबर ! (प्रमाण सहित)

नेपाल बैंकद्वारा सि–आस्वा शुल्क दोब्बर लिएर जनता माथी लुटः नेपाल धितोपत्र बोर्ड बेखबर ! (प्रमाण सहित)

नेपाल धितोपत्र बोर्डले गत भाद्र ७ गतेबाटै बैंक र वित्तिय संस्थाहरुलाई सि–आस्वा शुल्क ५ रुपैया मात्र लिन निर्देशन नै जारी गरेपनि नेपालको सरकारी स्वामित्वको बैंक नेपाल बैंकले डब्बल शुल्क लिएर सर्वसाधारण जनता ठगी गरिरहेको भेटिएको छ भन्दा अब फरक पर्दैन । शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले भाद्र ७ गते देखि नै लागु हुने गरी सि–आस्वा शुल्क बढिमा ५ रुपैया लिन पाउने व्यवस्था गरेको छ । तर, यो समाचार तयार पार्दासम्म नेपाल बैंकले डब्बल १० रुपैया लिएर सर्बसाधारण जनता ठगी गरिरहेको भेटिएको छ । नेपाल धितोपत्र बोर्ड बेखबर झै बसेको देखिन्छ हेक्का होस् । नेपाल बैंक माथी कारवाही होस् ।

बैंक ग्राहकहरुबाट नेपाल बैंकले अवैद्यरुपमा उठाएको सि–आस्वा शुल्क अझै फिर्ता गरेको छैन । उल्टै १० रुपैया लिँदै आएको देखिन्छ । के सरकारी स्वामित्वको बैंकलाई जे पनि गर्न छुट छ कि कसो ? ५ रुपैया देखि १०० रुपैयासम्म सि–आस्वा शुल्क लिँदै ठगी गर्दै आएका बैंक र वित्तिय संस्थाको चर्को दादागिरीलाई नियन्त्रण गर्न शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले गरेको स्वागतयोग्य निर्णयको सर्वत्र चासो र चर्चा छ तर, वाणिज्य बैंक पूरानै शुल्क लिएर लुट मच्चाई रहेका छन् यो कस्तो बैकिङ्ग हो गर्भनर साब ?

हरेक हप्ताजस्तो अनेक खालका प्रकरण घटिरहने नेपालको पहिलो बैंक नेपाल बैंकले पछिल्लो समय प्रचलित कानुनविपरित ग्राहकसँग ‘गैरकानुनी’ रकम असुल गरेको भेटिएको छ गर्भनर साब हेक्का होस् । नेपाली पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले सि–आश्वाका नाममा बढीमा ५ रुपैयाँ लिन पाउनेगरी गरेको व्यवस्थाको धज्जी उडाउँदै, नेपाल बैंकले १० रुपैयाँ अर्थात दोब्बर शुल्क लिने गरेको देखिन्छ । कतिपय बैंकहरुले ढिलो सूचना आउँदा बढी शुल्क काटिएको भन्दै ग्राहकमाथि गरिएको अवैध असुली फिर्तासमेत गरेका छन् ।

नेपाल बैंक भित्र कहिले ग्राहकको पैसा खाताबाटै हराएको प्रकरण, त कहिले अनाधिकृत व्यक्तिलाई ग्राहकको लाखौँ रुपैयाँ भुक्तानी गरेको प्रकरण । कहिले कर्जाको इन्स्योरेन्स नगर्दा अदालतले १ करोड क्षतिपूर्ति तिराएको प्रकरण त कहिले ग्राहकको रकम चोरेर मेनेजर नै भागेको प्रकरण । हरेक हप्ताजस्तो अनेक खालका प्रकरण घटिरहने नेपालको पहिलो बैंक नेपाल बैंकले पछिल्लो समय प्रचलित कानुनविपरित ग्राहकसँग ‘गैरकानुनी’ रकम असुल गरेको भेटिएको छ गर्भनर साब हेक्का होस् । नेपाली पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले सि–आश्वाका नाममा बढीमा ५ रुपैयाँ लिन पाउनेगरी गरेको व्यवस्थाको धज्जी उडाउँदै, नेपाल बैंकले १० रुपैयाँ अर्थात दोब्बर शुल्क लिने गरेको देखिन्छ । कतिपय बैंकहरुले ढिलो सूचना आउँदा बढी शुल्क काटिएको भन्दै ग्राहकमाथि गरिएको अवैध असुली फिर्तासमेत गरेका छन् । तर नेपाल बैंक लिमिटेडले भने ग्राहकसँग लिएको अवैध रकम फिर्तासमेत गरेको छैन । निर्धक्क डब्बल शुल्क लिएर ग्राहक ठगी गरेको भेटिएको छ ।

पछिल्लो समय नेपाल बैंक भित्र हप्तेपिच्छे आउने विभिन्न खालका प्रकरणका कारण विवादित छ । नेपाल बैंकको सीडि रेसियोसमेत तोकिएको मापदण्ड विपरित भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले नेपाल बैंकलाई पटक÷पटक कारवाहीको चेतावनी दिँदै आएको भेटिएको छ ।

अवैध रकम असुल गरेको नेपाल बैंकले ग्राहकलाई सो रकम फिर्ता कहिले दिन्छ वा दिंदैन । त्यो हेर्न बाँकी छ । पछिल्लो समय नेपाल बैंक भित्र हप्तेपिच्छे आउने विभिन्न खालका प्रकरणका कारण विवादित छ । नेपाल बैंकको सीडि रेसियोसमेत तोकिएको मापदण्ड विपरित भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले नेपाल बैंकलाई पटक÷पटक कारवाहीको चेतावनी दिँदै आएको भेटिएको छ । ‘बैंकले न राष्ट्र बैंकलाई टेर्ने गरेको देखियो, न नेपाल धितोपत्र बोर्डलाई । यसले बैंक कतिसम्म मनपरीरुपमा चलिरहेको छ भन्ने कुराको पुष्टी हुन्छ । गर्भनर साब हेक्का होस् ।

2525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका