जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई पेमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्नेले शतप्रतिशत क्यासब्याक जित्न सक्ने

आइएमई पेमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्नेले शतप्रतिशत क्यासब्याक जित्न सक्ने

डिजिटल वालेट आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्नेलाई लक्षित गर्दै ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत क्यासब्याक साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

चैत ६ गतेदेखि जेठ सम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना विजेताको नाम आइएमई पेको सामाजिक सन्जालमा सार्वजनिक गरिने बताइएको छ। पहिलो विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ। यस्तै, दोस्रो हुनेल द लेकसाइड रिट्रिट (पोखराको प्याकेज जित्न सक्ने छन्) भने तेस्रो हुनेले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने छन्।

आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पाउने छन्।

3730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका