जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बुद्ध एयर : पब्लिक कम्पनीमा नजाने, ३ जहाज थपेर आक्रामक बन्ने

बुद्ध एयर : पब्लिक कम्पनीमा नजाने, ३ जहाज थपेर आक्रामक बन्ने

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने बताएका छन् । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा जाँदैन, फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता छैन,’ उनले भने ।

यद्यपि, उनले २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताए ।

बस्नेतले बुद्ध एयरकाे छिट्टै ३ एटीआर जहाज थप गर्ने योजना रहेको जानकारी दिएका छन् ।

यस्तै, उनले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताएका छन् । राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताउँदै उनले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताए ।

नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर सोमबार स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो ।

यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।

1680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका