जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले आज बिहिबार रिट दायर गरेका हुन् ।

उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको छ। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको छ । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख छ  ।

उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको छ। रिटको पेशी असोज ३० गते आइतबारको लागि तोकिएको छ

3245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?