जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले डाके एजीएम

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले डाके एजीएम

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन् । यी दुबै बैंकले मंसिर २३ गते शुक्रबार साधारण सभा डाकेका हुन् ।

बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यी दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशिया स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका