जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अनलाइनबाटै करोडौं ठगी: तीन जना पक्राउ

अनलाइनबाटै करोडौं ठगी: तीन जना पक्राउ

अनलाइन सपिङ तथा उपहारको  बहानामा करौडौं रूपैयाँ ठगी गरेको खुलेको छ।

विभिन्न अनलाइन सपिङ र अन्य माध्यमबाट रकम ठगी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केही दिनदेखि चलाएको अप्रेसनमा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

‘अनलाइन सपिङ लगायतमा ठगी भएको देखिएको छ। हामीले केही मानिस नियन्त्रणमा लिइसकेका छौं,’ महाशाखा प्रमुख एसएसी सहकुल थापाले भने।

तीन जनालाई नियन्त्रणमा लिए पनि २३ जना एजेन्टको सूची तयार पारी खोजी गरिरहेको छ। उनीहरूको खातामा १७ करोड रूपैयाँ भन्दा बढीको कारोबार भएको भेटिएको छ। कारोबारको रकम बैंक खातामा भने भेटिएको छैन।

9040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका