जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सहकारीलाई महानगरको निर्देशन

पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सहकारीलाई महानगरको निर्देशन

सहकारीहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सहकारी यस्तो निर्देशन दिएको हो ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपवालिका भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले आगामी पुस मसान्तसम्म सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिन भित्र सभाले पारित गरेको प्रमाणित प्रतिवेदन विभागमा पेश गर्नुहुन अनुरोध छ ।’

यसका साथै विभागले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न समेत निर्देशन दिएको छ ।

त्यसैगरी, साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या नपुग्ने हुँदा गणपूरक संख्या पुर्याएरमात्र साधारणसभा सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

विभागले साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्रलाई तथा मन्तव्यको कार्यक्रम नराखी सो एजेन्डामा छलफल गर्ने वातावरण मिलाउन समेत भनेको छ ।

उक्त सूचनामा सहकारीको लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेस हुने अन्य सबै प्रतिवेदन तथा विषयउपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न विभागले निर्देशन दिएको छ ।

त्यसैगरी, सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानुन, मापदण्ड एवं विनियमबमोजिमको योग्यता पुगेका सदस्यहरुमध्येबाट निर्वाचित गर्न समेत भनेको छ ।

यसैगरी साधारणसभाबाट चालु आर्थिक वर्षको संस्थाको हिसाबकिताबको लेखापरीक्षण गर्न एकजना लेखापरीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखापरीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने सहकारीलाई विभागले निर्देशन दिएको छ ।

साथै संस्थाको विनियम संशोधन, कार्यविधि, नियमावली, नीति साधारणसभाबाट पारित गर्न र संस्थाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारणसभाबाट अनुमोदन गर्न विभागले निर्देशन दिएको छ ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका