जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • अटोमोबाइल व्यवसायीहरु पलायन हुन थाले, ३० प्रतिशत कर्मचारी कटौती

अटोमोबाइल व्यवसायीहरु पलायन हुन थाले, ३० प्रतिशत कर्मचारी कटौती

नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल व्यवसायीहरु पलायन हुन थालेको जनाएको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष ध्रव थापाले यस्तो बताएका हुन् । यो व्यवसाय थप संकटमा पर्दै गएको र हाल ३० प्रतिशत कर्मचारी कटौती गरिएको थालेको समेत बताएका छन् ।

हालसम्म ५८ वटा डिलरहरु बन्द भइसकेको र अन्य सयौं शोरुम बन्द हुने चरणमा पुगेको उनले बताएका छन् । उनले यस्तो संकटको घडीमा समेत राज्यले नहेकोले मंसिर २२ गतेसम्म दबाबका कार्यक्रमहरु गर्ने घोषणा गरेका छन् । यसका साथै विगत ८ महिनादेखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पांग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने समेत अटो व्यवसायीको माग रहेको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकद्धारा जारी चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने, सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने नाडामो माग रहेको छ ।

नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको नाडाले जनाएकाे छ ।

हालको व्याज तथा प्रिमियम दरलाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने, अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग राखेको छ ।

त्यस्तै, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडि रेसियोलाई पूनरावलोकन गर्नु पर्ने, बैकहरुबाट सवारी साधनको हायर पर्चेच लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरि अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने लगायतका मागहरु रहेका छन् ।

त्यसैगरी, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेच लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने, पूर्नकर्जा नविकरण गर्ने म्याद एक बर्षको लागि थप गरिनु पर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने नाडाले जनाएको छ ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका