जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आज बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाकासाथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।

समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु.१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

2145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका