जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सनराइज र लक्ष्मी बैंकबिच हुने एमओयू रोक्न माग गर्दै राष्ट्र बैंकमा निवेदन

सनराइज र लक्ष्मी बैंकबिच हुने एमओयू रोक्न माग गर्दै राष्ट्र बैंकमा निवेदन

सनराइज बैंक र लक्ष्मी बैंक बिच मर्जरको लागी आज सोमबार ४ बजे हुन लागेको समझदारी पत्र (एमओयू) मा  हस्ताक्षर गर्ने कार्यक्रम स्थगित गर्न माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन परेको छ। सनराइज बैंकका सञ्चालक मालचन्द्र दुगडले सो प्रक्रिया कानुनी रूपमा विवादित हुने प्रमाण र तर्क सहित यस्तो निवेदन सोमबार साढे १ बजे राष्ट्र बैंकमा दर्ता गराएका हुन्।

उनले पेस गरेको निवेदनमा आफू समेत शेयर धनी तथा सञ्चालक रहेको सनराइज बैंक र लक्ष्मी बैंक बिच गाभ्ने/गाभिने कार्यका लागि आज अपराह्न ४ बजे एमओयूमा हस्ताक्षर हुने जानकारी प्राप्त भएकोले सो स्थगित गर्न माग गरेका छन्। कानुनले स्पष्ट रूपमा निषेध गरेको व्यक्ति मर्जर समितिमा राखिएकोले तथाकथित मर्जर समितिबाट हुने एमओयू कानुनी रूपमा विवादित हुने निम्न लिखित कारण र आधारहरू भन्दै उनले एमओयू हस्ताक्षर रोकी कम्पनीको वार्षिक साधारण सभा गराई सो पश्चात मात्र कानुनले तोकेको योग्यता भएको व्यक्ति सहितको मर्जर समिति गठन गरेर मात्र मर्जर प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका छन्।

यस्ता छन्, दुगडले पेस गरेका आधार र कारणहरू:

(क) गाभ्ने गाभिने वा प्राप्तिमा संलग्न संस्थाका सञ्चालन समितिका अध्यक्ष, लेखा परीक्षण समितिका संयोजकलाई Joint Merger समितिको सदस्य हुन स्पष्ट रोक लगाइएको भए तापनि कम्पनीको लेखा परीक्षण समितिको संयोजकलाई मर्जर समितिमा राखिएको छ । आवश्यक्तानुसार प्रमुख कार्यकारी अधिकृतलाई समितिको बैठकमा आमन्त्रित गर्न सकिने भने विनयिमावलीको स्पष्ट व्यवस्था प्रतिकुल बैंकको लेखा परीक्षण समितिको संयोजक र प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सहितको मर्जर समिति कम्पनीको ४०५ औँ बैठकको निर्णयबाट गठन भएकोले उक्तकानून विपरीतको समितिले गरेको, सो समितिबाट भएको सम्पूर्ण काम कारबाही कानुनी रूपमा शून्य हुने भई आज हुने भनिएको MOU हस्ताक्षर रोक्नु अपरिहार्य रहेको छ ।

(ख) मर्जर समितिमा रहनु भएको सञ्चालक दीपक नेपाल बैंकको सञ्चालक हुन अयोग्य रहनु भएको कैफियत नियामक नेपाल राष्ट्र बैंकको रहेको सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई स्पष्टीकरण पेस गर्ने समेतको सम्बन्धमा बसेको बैंकको सञ्चालक समितिको ४०० औ बैठकमा गणपूरक सङ्ख्याको उपस्थिति नरहेको र आफ्नो सम्बन्धमा हुने निर्णयमा आफू सम्मिलन हुन नपाउने कम्पनी ऐनको स्पष्ट प्रावधान विपरीत दीपक नेपालको स्पष्टीकरण सम्बन्धी निर्णय स्वयं निज उपस्थित भई निर्णय प्रक्रियामा भाग लिई आफ्नो मत समेत प्रयोग गरी गर्नु भएको निर्णय गणपूरक सङ्ख्याको अनुपस्थितिमा पनि स्पष्टीकरण नेपाल राष्ट्र बैकमा पठाइएको भएता पनि नेपाल राष्ट्र बैंकबाट निज अवस्थामा विवादित सञ्चालकलाई मर्जर समितिमा राखी गरिएको र भएको मर्जर सम्बन्धी सम्पूर्ण नेपालको सम्बन्धमा बैंकलाई सोधिएको स्पष्टीकरण आधारमा निज वा बैंकलाई सफाइ दिई नसकेको कामकारवाही Void ab initio ठहरिने भई लक्ष्मी बैंक समेतलाई असर र आघात पुग्ने अवश्यम्भावी रहेको छ ।

(ग) आज हुने भनिएको MOU Signing Ceremony For Merger Between Sunrise Bank Ltd. & Laxmi Bank Limited के कुन आधारमा तथा अधिकारमा हुनगइरहेको यस बैंकको अवस्था स्तर के रहने आदि के कुनशर्तमा MOU हस्ताक्षर हुनगइरहेको, को कस्ता व्यक्ति रहने गरी Joint Merger Committee भएको वा गठन नै नभएको लगायतका न्यूनतम तथ्य पनि कम्पनी सञ्चालक समितिमा छलफल नै नगरी हुने भनिएको MOU प्रथम दृष्टिमा नै विवादित हुने र कानुनतः सो को कार्यान्वयन नै हुन नसक्ने, गर्न गराउन नसकिने किसिमको MOU हस्ताक्षरको कानुनी अर्थ र महत्त्व नरहने निश्चित हुँदाहुँदै वार्षिक स समितिले मर्जर निर्णय गर्न अधिकार सञ्चालक समितिलाई प्रदान गरेकोमा सञ्चालक समितिको निर्णय विना बैंकको तर्फबाट हुने कुनै पनि किसिमको मर्जर सम्बन्धी MOU लाई बैंकले स्वामित्व ग्रहण नगर्ने, बैकको लागि सो वाध्यात्मक नरहने स्पष्ट छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर , कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड,अर्थ मन्त्रालय समेतलाई बोधार्थ दिँदै यो निवेदन दर्ता गराइएको हो।

स्रोतका अनुसार यो एमओयू रोक्नुपर्ने माग सो बैंकका सबै पुराना सञ्चालकहरूको रहेको छ। उनीहरू मर्जरको विरुद्ध नभएर बैंकको सञ्चालक समितिका पछिल्ला निर्णय प्रक्रियाको विरुद्ध रहेको देखिएको छ। राष्ट्र बैंकले उनको उजुरी दर्ता गर्दै आफूहरू त्यहाँ उठाइएका विषयवस्तु सँग जानकार रहेको हुँदा पछि यसलाई गम्भीर रूपमा हेर्ने आश्वासन दिएर फर्काएको छ। तर, एमओयू रोक्न भने राष्ट्र बैंकले आदेश दिएको छैन।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका