जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोर्खाज फाइनान्सकाे नाफा पौने ७ करोड

गोर्खाज फाइनान्सकाे नाफा पौने ७ करोड

गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्म ६ करोड ७१ लाख ५७ हजार बढी नाफा कमाएको छ ।
गत आवको दोस्रो त्रैमाससम्म १ करोड ९३ लाख ५५ हजार खुद नाफा कमाएको कम्पनीले २४६.९७ प्रतिशत नाफा बढाएको हो । कम्पनीको वितरणयोग्य नाफा २ करोड ४९ लाख ४० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ७३ करोड २९ लाख २५ हजार रुपैयाँ राखेको छ । कम्पनीले रिटेन्ड अर्निङमा २ करोड ४९ लाख र सेयर प्रिमियममा २ करोड २३ लाख धेरै सञ्चित राखेको छ ।

पुससम्म कम्पनीले ७ अर्ब ३३ करोड ९२ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड ११ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी १८० प्रतिशत र सञ्चालन नाफा २८२ प्रतिशत वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड १९ लाख २९ हजार रुपैयाँबाट १८०.३१ प्रतिशतले वृद्धि भई १७ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा कम्पनीको २४ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको छ ।

फाइनान्स कम्पनीको नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि ४ रुपैयाँ ४६ पैसाबाट बढेर १५ रुपैयाँ ४७ पैसा रहेको छ । पुससम्म प्रति सेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा, मूल्य आम्दानी अनुपात ३७.४९ गुणा छ ।

कम्पनीको खराब कर्जा भने घटेको छ । गत आवको पुससम्म ८.१७ प्रतिशत रहेको खराब कर्जा घटेर ६.७६ प्रतिशतमा झरेको छ । यद्यपी यो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतमुनी खराब कर्जा कायम गर्नुपर्ने हुन्छ ।

1525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका