जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कर्जाको सही सदुपयोग नभएको विषयमा अध्ययन भइरहेको छ: गभर्नर अधिकारी

कर्जाको सही सदुपयोग नभएको विषयमा अध्ययन भइरहेको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको सही सदुपयोग नभएको विषयहरूमा अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरूको पालना तथा कार्यान्वयन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा रहेकोमा उनले प्रशंसा समेत गरे । ‘तर, कतिपय गुनासा तथा सुझावहरू अहिले आइरहेका छन् । केही स्थानमा प्रवाह भएका कर्जाहरू सही सदुपयोग नभएको हो भन्ने गुनासो आइरहेको छ । यसका लागि हामीले अध्ययन गरिरहेका छौँ’, उनले भने ।

त्यस्तै, उनले बैङ्किङ क्षेत्र अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘बैङ्किङ क्षेत्र भनेको सधैँ सहज हुने क्षेत्र होइन । यो अत्यन्तै चुनौतीपूर्ण व्यवसाय हो । त्यसैले बैंकका कर्मचारीहरू सतर्क भएर काममा लाग्नु पर्छ ।’

व्यवसायीक आवश्यकतालाई बुझेर नै बैंकहरु मर्जरमा गइरहेको समेत उनको तर्क छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर जानका लागि सरकारी बैंकहरुले समेत छलफल गर्नु पर्ने आवश्यकता रहेको उनले सुझाव दिए ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका