जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मर्जरपछि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

मर्जरपछि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई फागुन २९ गते सोमबारदेखि एकिकृत कारोबार (एकिकृत निर्जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

यी दुवै कम्पनीको फागुन ११ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको फागुन २४ गतेको बैठकले फागुन २९ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो  ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय कथ्मन्दुको नक्सलामा रहने गरि एकिकृत कारोबार हुन् लागेको हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को साविकको १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी यी दुई कम्पनी मर्ज भएका हुन् ।

4400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका