जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने, प्युजो र सिट्रोन किन्नेलाई ऋण दिन सम्झौता

एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने, प्युजो र सिट्रोन किन्नेलाई ऋण दिन सम्झौता

एभरेष्ट बैंकले अबदेखि इन्धन गाडी खरिद गर्न पनि सस्तो दरमा सजिलै ऋण उपलब्ध गराउने भएको छ। यसका लागि शुक्रबार प्युजो र सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स र एभरेष्ट बैंकबिच इन्धन गाडी खरिद गर्ने ग्राहकहरुलाई सस्तो दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्स प्रालिका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ।

बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएको छ।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?