जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रेमिट्यान्स आप्रवाहमा ३९.१ प्रतिशतले वृद्धि

रेमिट्यान्स आप्रवाहमा ३९.१ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो। २०८२ चैत महिनामा मात्र रेमिटेन्स २ सय ९ अर्ब ७५ करोड पुगेको । यो अघिल्लो वर्षको तुलनामा १ सय ३९ अर्ब बढी हो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा कमी भएपनि रेमिट्यान्स भने बढेको छ । यस अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ९३ हजार २५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका