जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वाजनिक, मतदान स्थलमा मोबाइल समेत लैजान नपाइने !

उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वाजनिक, मतदान स्थलमा मोबाइल समेत लैजान नपाइने !

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको निर्वाचन समितिले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने चैत २९ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । तोकिएकै समय अर्थात बिहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समय थपिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको पहिलो चरण वरिष्ठ उपाध्यक्षको उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुने समितिले जनाएको छ । मतदानको समयमा मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ पूर्ण रुपमा निषेधित गरिने समितिले जनाएको छ ।

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका