जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगत ३३ बर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाललद्वारा करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।

२०८० बैशाख १३ गते जुनकिरी पब्लिक विद्यालय साँखु, काठमाडौंमा सम्पन्न कार्यव्रmममा शिक्षाको मुल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरुका लागि उक्त सहयोग प्रदान गरेको हो । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पु¥याउने हेतुले बैंकले उक्त सहयोग गरेको हो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, राउन्ड टेबल नेपालका पदाधिकारीहरु र बैंकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी तथा बाग्मती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिती रहेको थियो ।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका