जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पाठक र न्यौपानेलाई चोख्याउने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

पाठक र न्यौपानेलाई चोख्याउने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र विचौलिया लम्बोदरकुमार न्यौपानेलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतलमा पुनरावेदन गरेको छ । भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने नाममा कलेजका सञ्चालक रहेका लम्बोदरकुमार न्यौपानेले ज्ञानेन्द्रकुमार झामार्फत पाठकलाई ७८ लाख दिएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा विशेष अदालतले तीन आधार देखाउँदै भ्रष्टाचार नभएको फैसला गरेको थियो । पहिलो आधारमा पाठकले आयुक्त पदबाट राजीनामा दिएपछि प्रस्तुत मुद्दाको अनुसन्धान सुरु भएकाले भ्रष्टाचार नभएको विशेष अदालतको ठहर छ ।त्यस्तै, अडियो चाँडो बाहिरिएकाले घुस रकम लेनदेन नभएको विशेषको फैसलामा उल्लेख छ । त्यस्तै विशेष अदालतले घुस रकम बरामद नभएको तेस्रो आधार प्रस्तुत गर्दै पाठक र न्यौपानेलाई चोख्याएको थियो । तर, अख्तियारले विशेष अदालतबाट सफाइ दिइएका आधारहरु त्रुटीपूर्ण रहेको ठहर गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो । जसअनुसार प्रतिवादी पाठक र न्यौपानेलाई जनही ७८ लाख जरिवाना र विगोबमोजिम जरिवाना मागदाबी गरिएको छ ।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका