जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले एक हजार रुपैयाँ  अङ्कित दरका १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

४० लाख ४० हजार बराबरको ऋणपत्र निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । यसबारे एक सम्झौता भएको हो ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका