जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मर्जरपछि नियामकीय प्रावधान पुरा गर्न गाह्रो पर्दै बैंकलाई

मर्जरपछि नियामकीय प्रावधान पुरा गर्न गाह्रो पर्दै बैंकलाई

सञ्चालनमा रहेका २१ बाणिज्य बैंकको औषत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८५.१४ प्रतिशत कायम हुँदा सरकारी स्वामित्वका बैंकको ८० प्रतिशतभन्दा तल आएको छ।

राष्ट्र बैंकका अनुसार, वैशाख मसान्तसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको औसत सीडी रेसियो ७९.८५ प्रतिशत छ।

निजी क्षेत्रका १८ बैंकको औसत सीडी रेसियो ८६.०६ प्रतिशत छ। अहिले २१ बैंकको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ छ भने ऋण लगानी ४२ खर्ब ९६ अर्ब रुपैयाँ छ।

यसमध्ये सरकारी स्वामित्वका बैंकहरुमा ७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप छ भने बाँकी ४१ खर्ब १२ अर्ब रुपैयाँ निजी क्षेत्रसँग छ। ऋण लगानीमा पनि सरकारी स्वामित्वका तीन बैंकसँग ५ खर्ब ९९ अर्ब रुपैयाँ हिस्सा हुँदा निजी क्षेत्रका बैंकको ३६ खर्ब ९७ अर्ब रुपैयाँ छ।

निजी क्षेत्रका बैंकहरुमध्ये केही सीडी रेसियोमा अत्यन्तै कठिन अवस्थामा रहेको पनि देखिन्छ। केही बैंकले ९० प्रतिशतको सीमा नघाएका छन्। कुल तरल सम्पत्ति २० प्रतिशत हुनु पर्नेमा मर्जरमा कुमारी बैंकको १९.५२ प्रतिशतमा आएको छ।

मर्जरमा गएका बैंकहरु सीडी रेसियो र कुल तरल सम्पत्ति अनुपातमा कठिन अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ

2695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्