जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ९ महिना पछि ग्रीन डेभलपमेण्ट बैंकले पायो सीईओ, नियुक्त भए हरि बहादुर बुढाथोकी

९ महिना पछि ग्रीन डेभलपमेण्ट बैंकले पायो सीईओ, नियुक्त भए हरि बहादुर बुढाथोकी

ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका बुढाथोकीलाई भोलि चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकी सँग करिव डेढ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रको लामो अनुभव संम्हालेका बुढाथोकीले ग्राहक, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

पोखरा न्युरोडमा केन्द्रिय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले शाखा कार्यालयहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै  आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विषेश जोड दिदै आएको छ ।

1180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?