जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मेट लाइफ नेपालले ल्यायो जीवन बीमा सचेतना जगाउने “हेलो बीमा” कार्टुन भिडियो

मेट लाइफ नेपालले ल्यायो जीवन बीमा सचेतना जगाउने “हेलो बीमा” कार्टुन भिडियो

विश्वव्यापी बीमा प्रदायक मेट लाइफले, बीमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बीमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध छ ।

पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, जसमा सेवाको फाइदाहरू र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू जस्तै प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, व्यतित बीमालेख पुनर्स्थापना गर्ने कदमहरू र बीमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ। यस शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारीका साथ समाप्त हुन्छ ।

मेट लाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, “मेट लाइफले विश्वभरका परिवारहरूलाई १५५ वर्षदेखि आर्थिक रूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । यहाँ नेपालमा हामीले धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिदैं आएका छौं । तर अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी रहेको महसुस गरेका छौं । बीमा सम्बन्धि ज्ञान मनोरञ्जनात्मक तथा पहुँच योग्य तरिकामा देशैभर रहनु भएका आम नागरिकमा पु¥याउन पाउँदा गौरवान्वित छौं ।”

भिडियो हेर्नका लागि https://youtu.be/P5mQBRwFw_w
मेट लाइफ सन २००१ देखि नेपालमा अमेरिकि लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा प्रदान गरिरहेको छ ।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?