जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

नेपाल धितोपत्र बोर्डले सोमबार ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ। आशय पत्र प्राप्त ४३ वटा कम्पनीमध्ये ७ वटा अनुमतिपत्र पाएका हुन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीहरुलाई स्वीकृती दिएको छ।

लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।

अनुमति प्राप्त सबै सिमित कार्य गर्ने ब्रोकर कम्पनीहरु हुन्। ११ वर्षपछि नयाँ ब्रोकर थपिन लागेका हुन्। यसअघि २०६८ सालमा नयाँ ब्रोकर लाइसेन्स वितरण भएको थियो । तत्कालिन समयमा २३ कायम ब्रोकर संख्या २७ वटा थपेर ५० पुर्याइएको थियो ।

गत वर्ष भदौ २९ गते बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी २०६४ लाई संसोधन गरेर नयाँ लाइसेन्स प्रक्रिया अघि बढाएको थियो।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका