जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ‘पुँजीगत लाभकरको विषय पहिल्यै स्पष्ट थियो, थप स्पष्ट पार्यौं, आर्थिक विधेयकमै आउनुपर्छ भन्ने छैन’

‘पुँजीगत लाभकरको विषय पहिल्यै स्पष्ट थियो, थप स्पष्ट पार्यौं, आर्थिक विधेयकमै आउनुपर्छ भन्ने छैन’

व्यवस्थामा कुनै परिवर्तन नगरिएको उनले बताए। प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको उनको भनाई छ।

आर्थिक विधेयक, २०८० को दफा २९ को व्यवस्थालाई लिएर सेयर बजारका सेयर लगानीकर्ता तथा सरोकारवालामा अन्यौलता छाएको थियो। यहि अन्यौलताका बीच एउटा समुहले आन्दोलन नै घोषणा गरेको छ ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले भने छलफल मार्फत समाधानको पहल थालेको थियो । यसबारे लगानीकर्ताका संघहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका सरोकारवालासँग निरन्तर छलफल तथा वार्ता भएको थियो । सो छलफल तथा वार्तापछि विभागका महानिर्देशक दीर्घराज मैनाली र विभागका कर अधिकृतहरुबीच पनि छलफल भए पश्चात विभागले सो व्यवस्थालाई थप प्रष्ट पारेको हो।

यस व्यवस्थालाई लिएर सेयर बजारमा सरोकारवालाले आ आफ्नो बुझाईअनुसारको धारणा अभिव्यक्त गरेका थिए। यहि अन्यौलताका कारण सेयर बजार प्रभावित बनेको छ।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका