जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकको आर्थिक सहयोग

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकको आर्थिक सहयोग

कुमारी बैंक लिमिटेडले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठान काठमाडौ (इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ)लाई आर्थिक सहयोग गर्ने भएको छ ।

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि बैंकले २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ ।

सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको बैंले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाकाबीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता भएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर