जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीएन घर्तीलाई सामना बैंकिङ पुरस्कार

बीएन घर्तीलाई सामना बैंकिङ पुरस्कार

सामना बैंकिङ पुरस्कार गुठीले सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ। ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ पुस्कका लेखकलाई आइतबार एक कार्यक्रममा गुठीले नगदसहित पुरस्कार प्रदान गरेको हो। स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घर्तीलाई सम्मान गरेका थिए।

घर्ती लामो समयदेखि बैंकिङ क्षेत्रमा छन्। पछिल्ला केही बर्षदेखि उनी अध्यन/अध्यापनमा केन्द्रित छन्। जोखिम नियन्त्रण, सम्पति शुद्धिकरण, बासेललगायतका बिषयमा बिज्ञ घर्ती ‘क’ वर्गको बाणिज्य बैंकको कामु प्रमुख कार्यकारीसम्म भएका थिए।

उनलाई गुठीले सम्मानपत्र सहित ७५ हजार रुपैयाँको नगद पुरस्कार दिएको हो। गुठीका संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्कीको सभापतित्व आयोजना भएको कार्यक्रममा आर्थिक पत्रकारहरुलाई समेत नगदसहित सम्मान गरिएको थियो।

बिजमाण्डूका सुदर्शन सापकोटा र अन्नपुर्णपोष्टकी ममता थापालाई पुरस्कार प्रदान गरिएको थियो। यसबाहेक रेवत बैंकिङ क्षात्रबृत्ती रोहन व्यञ्जनकार, कपिल पौडेल र रोजा प्राधानाङ्गलाई प्रदान गरिएको छ।

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका