जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सम्पत्ति शुद्धीकरण हुन नदिन थप कठोर बन्न बैंकरलाई राष्ट्र बैंकको निर्देशन

सम्पत्ति शुद्धीकरण हुन नदिन थप कठोर बन्न बैंकरलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण हुन नदिन नप कठोर बन्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार बैंकर्स संक, डेभलपमेन्ट बैंकर्स एशोसिएशन, फाइनान्स कम्पनी एशोसिएशन र सबै बैंक तथा वित्त कम्पनीका कम्प्लाइन्स अफिसरलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।

राजधानीको होटेल आकामा आइतबार दिउँसो साढे २ घन्टा भएको छलफलमा राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंक तथा वित्त कम्पनीहरु सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालनामा देखिएका कमजोरीहरुको उल्लेख गर्दै यस विषमा थप संवेदनशील र कठोर बन्न निर्देशन दिए ।

‘सुपरिभिजनका क्रममा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा धेरै कमीकमजोरीहरु देखियो, अन्तर्राष्ट्रिय समुदायले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हामीलाई नजिकबाट नियालीरहेका छन्, तसर्थ हामी यस विषयमा थप संवेदशील हुन जरुरी छ,’ कार्यकारी निर्देशक ढकालले भने ।

ढकालले बैंक तथा वित्त कम्पनीहरुले यस विषयमा कर्मचारीहरुलाई पर्याप्त तालिम नदिएका कारण बैंकिंग प्रणालीले राष्ट्र बैंकका नीति निर्देशनहरु हूबहू पालना नगरेको भेटिएको बताएका थिए ।

कुनै एक कर्मचारीले गल्ती गर्यो भने सीइओ र सञ्चालक समितिलाई समेत सजाय हुने जानकारी गराउँदै ढकालले यो विषयमा थप कठोर हुन निर्देशन दिएका थिए ।

छलफलमा सहभागी बैंकरहरुले कतिपय अवस्थामा राष्ट्र बैंकका परिपत्रहरुमा अस्पष्टता भएका कारण समस्या उत्पन्न भएको गुनासो गरेका थिए । बैंकरहरुले नीति नियमको पालना गर्दा देखिएको व्यवहारिक समस्याहरु उठाएका थिए । राष्ट्र बैंकका अधिकारीहरुले त्यस्ता समस्यालाई आगामी दिनमा सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।

नियमित कार्यतालिका अन्तर्गत नै छलफल गरिएको कार्यकारी निर्देशक ढकालले जानकारी दिए । छलफलमा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापालगायत राष्ट्र बैंकका अधिकारीहरु उपस्थित थिए ।

बैंकर्स संघका तर्फबाट उपाध्यक्ष सन्तोष कोइराला र सीइओ अनिल शर्मा उपस्थित थिए भने डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष सुयोग श्रेष्ठ उपाध्यक्ष बोधराज देवकोटा र फाइनान्स कम्पनीका अध्यक्ष सरोजकाजी तुलाधर र सबै बैंकका कम्प्लाइन्स डिपार्टमेन्टका कर्मचारीहरु उपस्थित थिए ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका