जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • वानएक्स-बेट’ प्रकरणमा आधा दर्जन कलाकार पक्राउ : को-को कलाकार पक्राउ परे?

वानएक्स-बेट’ प्रकरणमा आधा दर्जन कलाकार पक्राउ : को-को कलाकार पक्राउ परे?

‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले केही कलाकारलाई नियन्त्रणमा लिएको छ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ।

त्यस्तै, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्।

‘वानएक्स-बेट’ मा विज्ञापन गरेको आधारमा उनीहरुलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, ‘वानएक्स-बेट’को विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन्। जसको कारण कलाकारले दुःख पाउने गरेका छन्।

4150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्