जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नाडाको नयाँ अध्यक्ष करण चौधरी, आकाश गोल्छा अर्को पटक

नाडाको नयाँ अध्यक्ष करण चौधरी, आकाश गोल्छा अर्को पटक

नाडाको नयाँ नेतृत्वको लागि सहमति जुटेको छ । दुई दिनदेखि सहमति जुटाउन भएको पहलले सार्थकता पाएको हो ।

यसअघि करण चौधरी र आकाश गोल्छाले नेतृत्वको लागि आकांक्षा देखाएर चुनावी मैदानमा प्रबेश गर्ने तयारी थालेका थिए । दुबैले टीम निर्माणमा अग्रसरता देखाइरहेको समयमा सर्वसम्त नेतृत्व चयन गर्न सहमति जुटेको हो । साथै, अध्यक्षमा दावेदारी प्रस्तुत गरेका पूर्व उपाध्यक्ष प्रकाश कपुरी पनि निर्णय प्रक्रियामा सहभागि भएका थिए ।

अब नाडाको नयाँ अध्यक्ष करण चौधरी बन्ने छन् । उनि सिजी मोटर्सका कार्यकारी निर्देशक हुन् । त्यसैगरी जिओ फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छा बरिष्ठ उपाध्यक्ष बन्ने छन् । उनि अर्को कार्यकालमा स्वत अध्यक्ष बन्नेगरी सहमति जुटेको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका