जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा बैंकको एटीएम धादिङको ताल्तीमा

सानिमा बैंकको एटीएम धादिङको ताल्तीमा

धादिङको रोराङ गाउँपालिकाका स्थानीयमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले बुधबार बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीस्थित ह्वासिन सिमेन्ट नारायणी प्रालि. उद्योगको परिसरमा एटीएम बुथको स्थापना गरेको छ।

उक्त एटीएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर झियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर होङले यस गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटीएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

यसका साथै आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने उनले जानकारी दिइन्।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको सञ्चालन सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठले गरेका थिए।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटीएम सञ्जाल छन्।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका