जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकले विभिन्न संस्थामा विशेष छुट प्राप्त गर्नेगरी सम्झौता गरेको छ । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अघि बढ्न विभिन्न संस्थाहरूसँग सम्झौता गरेको जानकारी दिएको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले पर्साको वीरगञ्जस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०, बाराको सिमरास्थित होटल क्वीक–२० एण्ड रिभरसाइड प्रालिका सेवामा अधिकतम १० र मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिजोर्ट प्रालिमा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकल जानकारी दिएको छ ।

यसैगरी धनगढी कैलालीमा अवस्थित निसर्ग हस्पिटल प्रालिका सेवामा अधिकतम २०, मकवानपुरको विशुद्ध मोमोचामा १० र चितवन भरतपुरस्थित कविलास रिजोर्ट एण्ड फनपार्कका सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका