जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ८७.१७ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा: बीमा शुल्क आर्जन पनि बढ्यो, झण्डै तीन अर्ब दावी भुक्तानी

८७.१७ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा: बीमा शुल्क आर्जन पनि बढ्यो, झण्डै तीन अर्ब दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नाफामा छलाङ मारेको छ । गत वर्ष कम्पनीले २४ करोडभन्दा बढी खुद नाफा कमाएको हो ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा ८७.१७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष आईपुग्दा भने २४ करोड ८ लाख १३ हजार रुपैयाँ कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १६.४८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन भने १३ अर्ब ४५ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या भने ४ लाख २५ हजार ७५४ वटा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले बीमालेखको धितो कर्जाबाट ५ करोड ३८ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष बीमालेखको धितोमा ५० करोड ७१ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि ४६ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ भने कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ६८ लाख रुपैयाँ बढी रकम छुट्याएको छ ।

गत वर्ष कम्पनीले २ अर्ब ९१ करोड ८५ लाख ७६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा २ हजार २५० वटा दावी भुक्तानी गरेको हो । भुक्तानी हुन बाँकी दावी रकम भने ६६ लाख ८८ हजार रुपैयाँ मात्रै रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १९ दावी भुक्तानी हुन् बाँकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार भने ३.४९ गुणाले बढेर २ अर्ब ७१ करोड ३८ लाख ७३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकारमा पनि थप बलियो देखिएको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४३.२४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५ पैसा रहेको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका