जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • थप बलियो बन्दै शिखर इन्स्योरेन्स: ४६.५६ प्रतिशतले बढ्यो नाफा, खुद बीमा शुल्क पनि उच्च दरमा वृद्धि

थप बलियो बन्दै शिखर इन्स्योरेन्स: ४६.५६ प्रतिशतले बढ्यो नाफा, खुद बीमा शुल्क पनि उच्च दरमा वृद्धि

शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा उच्च दरमा वृद्धि भएको छ । कम्पनीले एक वर्षमा ४० करोड रुपैयाँ बढी नाफा कमाएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार कम्पनीले गत वर्ष ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनामा ४६.५६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २५.२६ प्रतिशतले बढेर १ अर्ब ५९ करोड २० लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब १७ करोड १० लाख २२ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कुल बीमा शल्क आर्जन भने ५ अर्ब ३१ करोड ६१ लाख २१ हजार रुपैयाँ छ, जुन निर्जीवन बीमा क्षेत्रकै उच्च हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ५९ करोड ६० लाख, लगानी कर्जा तथा अन्यबाट १६ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि १ करोड ९८ लाख ७० हजार र सेवा शुल्कमा १ करोड ३० लाख रुपैयाँ खर्चिएको छ । यता, कर्मचारी बोनस व्यवस्थाका लागि भने कम्पनीले ६ करोड २५ लाख ६७ हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै, कम्पनीको गत वर्ष २ लाख ९८ हजार ६६ वटा बीमालेख जारी गरेको थियो । सोमध्ये नविकरण गरिएको बीमालेखको संख्या भने ८१ हजार २७१ वटा रहेको छ ।

सो अवधिमा कम्पनीले २ अर्ब ७७ करोड २५ लाख २० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले कुल २९ हजार २३५ वटा दावी भुक्तानी दिएको हो । समिक्षा अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ देखिएको छ । कम्पनीले १२ हजार २८ वटा भुक्तानी दिन बाँकी छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार पनि प्रतिशतले बढेर ५९ करोड ६९ लाख र बीमा कोषको आकार १ अर्ब ५३ करोड ७४ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १९ पैसा रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३ रुपैयाँ १५ पैसाले बढी हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका