जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजार सर्वेक्षण शुरु, मागेको तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकको आग्रह

बजार सर्वेक्षण शुरु, मागेको तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को उपभोग्य बजार सर्वेक्षण काय शुरु गरेको छ । देशको समग्र मूल्य स्थितिलाई मापन गर्न नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क नियमित सङ्कलन तथा प्रकाशन गर्दै आइरहेको छ । यसै कार्य अन्तर्गत केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को बजार सर्वेक्षण शुरु गरेको जनाएको हो ।

आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचना लगायतका कारण आर्थिक वर्ष २०८०/८१ लाई विशेष नयाँ आधार वर्ष कायम गर्ने उद्देश्यले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ वटै जिल्लास्थित तोकिएका बजारमा केन्द्रहरूमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य सङ्कलन सुरु भएको जनाएको छ ।

यस सिलसिलामा नमुना सर्वेक्षणमा परेका पसल तथा सङ्घसंस्थामा आउने मूल्य सङ्कलकलाई आवश्यक तथ्याङ्क एवम् जानकारी उपलब्ध गराउन समेत केन्द्रीय बैंकले विशेष अनुरोध गरेको छ । यस्तो सूचना तथा जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य रहने समेत केन्द्रीय बैंकले प्रस्ट पारेको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका