जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन

नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर सात नया शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहूंको उद्घाटन भौतिक रूपमा गरेका थिए ।

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, संचालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकले यस नया शाखा सञ्चालनबाट ग्राहक बर्गहरुमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सेन्सन काउन्टर, १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?