जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • हिमालयन जीवन उपहार योजनामा बीमितको आकर्षण बढ्दै

हिमालयन जीवन उपहार योजनामा बीमितको आकर्षण बढ्दै

हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार योजना’ बीमालेखमा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ।

साबिक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभिएर बनेको हिमालयन लाइफले साबिकका तीनवटै कम्पनीका पोलिसीहरुलाई कम्बाइन्ड गरी बीमितहरुलाई जीवन बीमा सुविधा दिँदै आइरहेको छ। साबिक प्राइम लाइफ इन्स्योरेन्सले सन् २०१८ मा ल्याएको ‘प्राइम जीवन उपहार बीमा’ योजनालाई कम्पनीले नयाँ नामकरणसहित ‘हिमालयन जीवन उपहार योजना’बाट पोलिसी बिक्री थालेको हो।

जीवन बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेको अभिकर्तामार्फत पनि ‘हिमालयन जीवन बीमा उपहार योजना’ बिक्री बढ्दै गइरहेको कम्पनीले जनाएको छ। साबिक प्राइम लाइफको पोलिसीलाई कम्पनीले नामकरण गरी ‘हिमालयन जीवन उपहार योजना’ पोलिसीबाट गत वैशाख ३६ गतेदेखि ट्रायल सुरु गरेको हो।

कम्पनीका अनुसार परिमार्जित नामबाट गत साउनको अन्तिमबाट मात्रै यो पोलिसी फुलफेजबाटै बिक्री थालिएको हो। एक महिनाको अन्तरालमै यो पोलिसीबाट हजारौँ बीमितहरु लाभान्वित बनेको कम्पनीले जनाएको छ। ‘साबिक प्राइम लाइफको पोलिसीलाई मर्जरपछि हिमालयन जीवन उपहार योजना नामकरण र परिमार्जित गरी बिक्री गरिएको हो’, कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले भने, ‘तर हामीले यो पोलिसीमा अन्य सुविधा प्लस गरेका छौँ।’

सीईओ कर्णका अनुसार पछिल्लो समय यो पोलिसी बीमितहरुको रोजाइमा पर्न थालेको छ।

हिमालयन जीवन उपहार योजना खरिद गर्दा बीमितले त्यति नै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउने भएका कारण यो पोलिसीमा बीमितको आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएको छ।

यो योजना जीवन बीमाको दायराबाहिर रहेका उच्च नेटवर्थ व्यक्तित्वलाई कभर गर्न विकसित गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस बीमालेखको म्याचुरिटीको समयमा ठूलो प्रतिफल र पोलिसी अवधिमा मृत्यु लाभसमेत प्राप्त हुनेछ।

यसका साथै यस बीमालेखमार्फत पोलिसी होल्डरले बीमाबराबरको रकम प्राप्त गर्ने भएकोले बीमितहरुको आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएको छ।

यो योजना १६ वर्षदेखि ५४ वर्षसम्मका उमेर समूहका लागि रहेको छ। जसको न्यूनतम बीमांक रकम ५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बीमाको न्यूनतम अवधि १६ वर्ष र अधिकतम म्याचुरिटी ७० वर्षको रहेको छ।

बीमितले बीमा म्याचुरिटीपश्चात यस योजनामा बीमा रकमको २५ प्रतिशत बोनस र उपहार योजनाको बीमा रकमको १०० प्रतिशत बोनस बीमितलाई थप भुक्तानी गरिनेछ। जस्तै, बीमितले बीमा गरेको आधारभूत रकमको १२५ प्रतिशत र बोनसको २०० प्रतिशत रकम भुक्तानी हुनेछ।

यसका साथै बीमा म्याचुरिटीअघि बीमितको मृत्यु भएको खण्डमा आधार योजनाको १०० प्रतिशत रकम र बोनस फर्स्ट पोलिसी वर्षमा भुक्तान हुनेछ। साथै, आधार योजनाको १०० प्रतिशत रकम र उपहार याजनाको १०० प्रतिशत रकममा बोनस प्लस गरी पोलिसीका आधारमा भुक्तानी हुनेछ।

यस बीमालेखमा दुर्घटना मृत्यु लाभ तथा अपांग अशक्त सुविधासमेत प्राप्त गर्न सकिनेछ। ऐच्छिक सुविधाअन्तर्गत यस बीमालेखमा बीमितहरुले १ करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ तथा अपांग अशक्त सुविधा प्राप्त गर्न सक्नेछन्। तर, ७० वर्षमाथिका बीमितहरुका लागिमात्रै यो सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ।

यसैगरी ६५ वर्षभन्दा माथिका बीमितहरुमा गम्भीर प्रकृतिका रोगहरु लागेमा २५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त हुनेछ। साथै, पर्सनल एक्सिडेन्टल बेनिफिटअन्तर्गत ६५ वर्षभन्दा माथिका बीमितलाई व्यक्तिगत दुर्घटना तथा अपांग, अशक्तता भएको खण्डमा उपचार खर्चका लागि ५० लाख रुपैयाँको सुविधा यस बीमालेखमा प्राप्त हुनेछ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका