जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुकालागि तीन दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जनाभन्दा बढि अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा मुलुकभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तिय भएका अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम भएका र आफ्नो र सञ्जालमा उत्कृष्ट कार्य गर्न सफल ७ जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

साथै उक्त कार्यक्रममा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलगअलग रुपमा प्रथम, द्धित्तिय, तृत्तिय भएका लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवनबीमा क्षेत्रमा अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमाकम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताइन् ।

उनले कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचितप्रतिफल उपलब्ध गराउन प्रयास गर्ने पनि बताइन् ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरु कम्पनीको मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतकाकारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने बताए ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका