जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ‘कसिलो मौद्रिक नीतिले ब्याज बढायो, सेयर र घरजग्गा किनबेच अस्वभाविक भयो’

‘कसिलो मौद्रिक नीतिले ब्याज बढायो, सेयर र घरजग्गा किनबेच अस्वभाविक भयो’

अर्थमन्त्री डा. प्रकाशशरण महतले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले कसिलो मौद्रिक नीतिका कारण बैंकको ब्याजदर बढेको बताएका हुन् । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएकोले सुधार हुन जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिँदैछ, पहिला खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो, त्यसपछि कसिलो मौद्रिक नीति आयो, जसले बैंक व्याजदर बढायो,’ उनले भने, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ, सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ, सेयर बजारमा पनि सुधार आउँछ ।’

उनका अनुसार विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ । राजनीतिक दलहरुबीच द्वन्द्व, बहस चुनावमा हार जीत हुनु.स्वभाविक रहेको उनको भनाइ छ । राज्यले गर्नुपर्ने विकास खर्च धेरै नरहेको उनले बताए । उनका अनुसार सकरात्मक बहस चलाएर आत्मविश्वास बढाउनु पर्छ । ‘हाम्रा चालू खर्च बढी छ, ऋणको दायित्व बढी छ, खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ, अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्,’ मन्त्री डा. महतले भने, ‘खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन, लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन, आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन, अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा.महतले आग्रह गरे । ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो, त्यसको प्रयोग भइरहेको छैन, नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो,’ उनले भने ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका