जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे हिरासतमुक्त

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे हिरासतमुक्त

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे हिरासतमुक्त भएका छन्। गत मङ्गलबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा पक्राउ परेका पाण्डे सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ रिहा भएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको ठहर गरेको थियो। अदालतले उनलाई तत्काल हिरासतबाट छाड्न आदेश दिएपछि प्रहरीले उनलाई मुक्त गरेको हो।

बैंकमा धितो राखेको सम्पत्ति कानुन बमोजिम र ऋणीकै मन्जुरीमा लिलामी गरिएको मुद्दामा अनुसन्धान गर्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र सुरक्षित कारोबार ऐनले ऋण चुक्ता नभएको अवस्थामा धितो लिलामी गर्न पाउने स्पष्ट व्यवस्था गरेको भए तापनि प्रहरीले अर्कै एउटा नियमावलीलाई आधार बनाएर उनलाई पक्राउ गरेको थियो।

पर्याप्त आधार र प्रमाणविना नै स्थापित बैंकरहरू पक्राउ पर्न थालेको भन्दै यस घटनाको चौतर्फी चर्को आलोचना भएको छ। साथै, नियामक र सरोकारवालाहरूले प्रहरी प्रशासनमा वित्तीय कानुनहरू बुझ्ने र बुझाउने दक्षता कमजोर रहेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।

525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?