जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अर्को महिना बुढानीलकण्ठ हेरिटेज होटल संचालनमा आउँदै

अर्को महिना बुढानीलकण्ठ हेरिटेज होटल संचालनमा आउँदै

साढे दुई अर्ब रूपैयाँ लागतमा निर्माण भएको पाँच तारे होटल बुढानीलकण्ठ हेरिटेज अर्को महिना संचालनमा आउने भएको छ।

व्यवस्थापनमा भारतीय कम्पनी लेमन ट्रीलाई भित्र्याइएको छ। होटल निर्माण सकिएर अहिले किचेन लगायतका सामान खरिदको काम भइरहेको छ। ‘व्यवस्थापनको जिम्मा दिएपछि कम्पनीले उच्च तहको कर्मचारी समेत नियुक्त गरिसकेको छ,’ कम्पनी स्रोतले भन्यो, ‘होटल संचालनका लागि अन्तिम तयारी भइरहेको छ। अहिले एयर कन्डिसन, पर्दा लगायतको फाइनल टच भइसकेको छ। नोभेम्बरभित्र होटल संचालनमा आइसक्छ।’

लेमन ट्री भारतीय चेन होटल ब्राण्ड हो। बुढानीलकण्ठले भित्र्याएको लेमन ट्री प्रिमियर हो। यो प्रिमियम ब्राण्ड हो। सन् २००४ मेमा ४९ कोठासहितको होटल खोलेको यो समूहले अहिले ९ हजार ४ सय कोठा संचालन गर्छ। भारत र भारतबाहिर गरेर यो समूहले ९५ होटल व्यवस्थापन गर्दै आएको छ।

‘होटल व्यवसायिक रूपमा संचालनका लागि व्यवस्थापक पनि प्रोफेसनल हुनुपर्छ। त्यही भएर हामीले बहुराष्ट्रिय कम्पनी रोजेका हौं,’ होटलका एक संचालकले भने, ‘यसले हाम्रो व्यवसायिक यात्रामा पनि राम्रो ब्याकअप गर्ने विश्वास लिएका छौंं।’

नारायणगोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आना जग्गामा निर्माण भइरहेको यो होटलमा १०२ वटा कोठा छ। तीन वटा भवनसहितको होटलका १०२ कोठामध्ये दुई प्रेसिडेन्सियल, तीन डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा छ।

होटलमा विभिन्न क्षेत्रमा आबद्ध ३१ जनाको लगानी गरेको छ। पाँच तारे होटलसँगै दुई वटा पार्टी भेन्यू अन्तर्गत ठूलो हलमा करिब चार सय र सानोमा एक सय ५० जना अट्ने क्षमता छ।

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, योग तथा ध्यान केन्द्र निर्माण हुने बताइएको छ। पार्टी भेन्यूलगायत हेल्थ क्लब, स्वीमिङ पुल, रुफटप गार्डेन, योग तथा ध्यान केन्द्र विशेष रुपमा आन्तरिक र बाह्य पर्यटक लक्षित रहेको जनाइएको छ।

३ सय २० देखि ३ सय ३० वर्गफीटसम्म रहेको होटलको कोठामा सेमिनार तथा वर्कसप आयोजना गर्ने हलहरु छ। होटलले पाहुना सेवालाई मध्यनजर गर्दै एउटा सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरेको छ।

होटलको सञ्चालक बोर्डमा डा. राजेन्द्र केसीसँगै सीए तथा व्यवसायी दीपक पाण्डे, ग्यास उद्यमी हरि पाठक, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?